
बैंकिङ खबर / पछिल्लो समय क्यूआर कोडको प्रयोग बढेको छ । केन्द्रीय बैंक तथा अन्य विभिन्न बैंकवित्तले पनि यसलाई फोकस गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्यासलेस कारोबारका लागि क्यूआर कोर्डको प्रयोग बढी महत्वपूर्ण हुने बताउनु हुन्छ । उहाँको प्रयास विशेषगरी क्यासलेस कारोबार अर्थात डिजिटल बैंकिङलाई सार्थक बनाउनु रहेको छ । यो प्रसासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । त्यसो त केही बैंकतथा वित्तीयसंस्थाहरु तरकारी पसल र किराना पसलसम्म आफ्नो क्यू आर कोडको पोष्टर टाँस्दै हिँडेका पनि छन् । सबै ले आ-आफ्नो प्रचार गर्ने हो भने एउटै पसलमा धेरै बैंकवित्तको क्यू आर कोर्डको तश्वीर हुन सक्छ । यही समस्या समाधान गर्न र सबै क्यूआरलाई एकीकृत गर्ने उद्येश्य ले एससिटी कम्पनीले डिजिटलाइजेशनमा नयाँ युग निर्माण गर्न खोज्दैछ । जसको प्रयासमा प्रयोगकर्ताहरु र व्यबसायीहरु दुवै पक्ष उत्साहित देखिएका छन् । हालको बन्दाबन्दीको समयमा डिजिटल बैंकिङ सबैका लागि आबश्यकता नै बनेर आएको छ । यो समय स्मार्ट क्यूआरको प्रयोग थप महत्वपूर्ण भएको प्रयोगकर्ताहरु बताउँछन् ।
स्मार्ट क्युआर डिपार्टमेन्ट स्टोरदेखि ग्रोसरी स्टोर र रेस्टुरेन्टसम्ममा प्रयोग हुँदै आएको छ । यसबाट पैसा निकाल्नका साथै कुनै डिपार्टमेन्ट स्टोर, ग्रोसरी स्टोर हाृेस् वारेस्टुरेन्ट जाँदाका अलावा सुविधा उपलब्ध अन्य ठाउँमा भुक्तानी यसैमार्फत गर्न सकिन्छ ।
के भन्छन्, प्रयोगकर्ता :
स्मार्ट क्युआर डिपार्टमेन्ट स्टोरमा सञ्चालन गरिरहेका केहि सञ्चालकहरुसँग बैंकिङ खबरले स्मार्ट क्युआरबाट के सहज भएको छ भनेर कुराकानी गरेको छ ।
‘स्मार्ट क्युआर देख्दा ग्राहक खुसी हुन्छन्’

अर्जुन वस्ताकोटी
भिजन मार्ट प्राइभेट लिमिटेड
स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेडको स्मार्ट क्युआर मेरो मार्ट भिजन मार्ट प्राइभेट लिमिटेडमा राख्दै आएको छु । अहिले दैनिक जसो यसको प्रयोग भइरहेको छ । यसले सहज बनाएको छ । यसबाट टच गर्न परेन । ग्राहकले टाढैबाट मोबाइलबाटै यसको प्रयोग गरेका छन् । अहिले कोरोना भाइरसको महामारीको समयमा सरकारले पनि निषेधाज्ञा जारी गरेको छ ।
यस्तो समयमा बिहान मात्र हामीले मार्ट सञ्चालन गरेका छौं । यो प्रयोग गर्नेको संख्या पनि बढिरहेको छ । कसैले अनलाईन बैंकिङबाट पनि ट्रान्सफर गरिरहेका हुन्छन् । यसको प्रयोग गर्ने को संख्या क्रमशः बढीरहेका छन् । ग्राहकहरु स्मार्ट क्युआर देख्दा खुसी भएर यसैबाट पैसा भुक्तानी गर्छन् । यसले धेरै सहज भएको छ । विस्तारै मान्छेहरु स्मार्ट क्युआर कोडको उपयोगिता बारेमा बुझ्दैछन् ।
अनलाइन भुक्तानीलाई आधुनिक, सहज र एकिकृत गर्न पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआरबाट धेरै सहज भएको छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो भएको छ । त्यसकारण यो कम्पनीलाई म धन्यवाद दिन चाहन्छु ।
‘पेमेन्ट लिन सहज भएको छ’

बीएस फोटोकपी एण्ड कम्प्युटर सेन्टर
मेरो पसल बीएस फोटोकपी एण्ड कम्प्युटर सेन्टरमा स्मार्ट क्युआरको प्रयोग भइरहेको छ । राम्रो छ । तर ट्रान्जेक्सनमा कस्को एमाउन्ट आयो भन्ने नै थाहा नहुने भयो । कहिलेकाहि बैंकिङ ट्रान्सफर एप्रोवल राम्रोसँग हुँदैन । दुई दिनसम्म लाग्छ । अरु त ठिकै छ । सहज भएको छ । समग्रमा राम्रो छ ।
पेमेन्टहरु लिनका लागि सहज भएको छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । नगद भुक्तानीलाई डिजिटल माध्यममा रुपान्तरण गर्न यसले सहज तुल्याएको छ । स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवाप्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको भन्ने छ ।
यसका साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवाप्रदायकले पनि स्मार्ट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सकिने हुँदा सहज भएको छ । अहिले कोरोना महामारी छ । निषेधाज्ञाको अवस्था छ । अहिले पसल बन्द भएको अवस्था छ । निषेधाज्ञाअघि भने यो स्मार्ट क्युआरबाट सजिलो भएको थियो ।
अबका दिनमा यसले ट्रान्जेक्सनमा कस्को एमाउन्ट आयो भन्ने सजिलै थाहा पाउन सके र बैंकिङ ट्रान्सफर एप्रोवल राम्रोसँग भए अझ सहज हुने थियो ।
‘कोरोना महामारीमा धेरै नै सहज भएको छ’
सबिन मुनिकर
चामती स्टोरका सञ्चालक
हाम्रो चामती स्टोर छ । अहिले कोरोनाको महामारी छ । यस्तो बेलामा दिउँसो र साँझ पसलहरु ठप्प छ । हामी बिहान १० बजेसम्म मात्र स्टोर सञ्चालन हुँदै आएको छ । अहिले बिहान स्टोर सञ्चालन हुने हुँदा स्मार्ट चोइस टेक्नोलोजी ९एससिटी० लिमिटेडको स्मार्ट क्युआरले धेरै नै सहज भएको छ । निषेधाज्ञा हुने बेलामा पनि यसको प्रयोग थियो । अझ यसले केहि समयअघि अफर ल्याएको थियो । त्यस्तो बेलामा धेरै नै प्रयोग भएको थियो । त्यो बेला धेरै प्रयोगकर्ता थिए । अहिले लकडाउन छ । तर पनि यसको प्रयोगकर्ता भने घटेका छैनन् । कोरोनाका कारण बिहान मात्र स्टोर खोलिन्छ । बिहान पनि यसको प्रयोग गर्ने छन् । दैनिक १०र११ जना यसको प्रयोग गर्ने हुन्छन् । कोरोनाको यो महामारीमा धेरै नै सहज भएको छ । यसले गर्दा क्यासलेस कारोबार भइरहेको छ । मान्छेसँग क्यासरपैसाको कारोबार भएन । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस कम्पनीले ल्याएको स्मार्ट क्युआर सञ्चालनबाट धेरै नै सहज भएको छ । यसमा अझ अफरहरु ल्याउन सके यसको प्रयोगकर्ताहरु बढ्ने देखिन्छ ।
स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो भएको छ ।
एउटै क्यूआर पेमेन्टबाट सबै क्यूआर पेमेन्टमा अग्रसर
स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेड नेपालको एक मात्र स्वदेशी डेबिट तथा प्रिपेड कार्ड सेवा दिने कम्पनी हो । सन् २००३ मा एससिटी कार्ड सुरु गरेको यो संस्थाले हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आएको छ । डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको यो संस्था नवीन खोज–अनुसन्धानमार्फत बैंकिङ सेवालाई सरल, सहज र अत्याधुनिक प्रविधिसम्पन्न बनाउन अग्रसर छ । कम्पनीले क्यूआर पेमेन्टको प्रयोग पहुँच बढाउनका लागि विभिन्न क्यूआर कोड पेमेन्ट प्लेटफर्म सञ्चालकहरूको बीचमा एकीकृत र इन्टर अप्रेभल कारोबार लाई पहिलो प्राथमिकतामा राखेको छ । पछिल्लो समय क्यासलेस कारोबारको उद्देश्यलाई सार्थकता दिनका लागि कम्पनी सक्रिय रहेको छ । डिजिटल नेपालको नारालाई यसले थप सहयोगी बनाएको छ भने सर्बसाधारणमा सहज, सरल र सुलभ भुक्तानी प्रकृयालाई आम नेपालीको पहुँचमा पुर्याउन अहिलेको व्यवस्थापन लागिपरेको छ । त्यसो त कम्पनीमा नेपालका ठुला व्यापारिक घरानाहरुका अलावा वाणिज्य बैंकहरूमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, मेगा बैंक, नविल बैंक, एनएमबि बैंक यो नेटवर्कका सदस्य छन् भने आईएमई–पे, प्रभु–पे, क्यू–पे, प्रभु ग्रुप, आइएमई ग्रुप आबद्ध छन् । क्युआर कोडलाई एकीकृत गर्नका लागि सबैको भुक्तानी एउटै क्युआरमार्फत गरौँ भन्ने प्रयासमा अघि बढेको कम्पनीले पछिल्लो समय आफ्नो नेटवर्कलाई निकै बढाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के भन्छन् – ‘यस अभियानमा सेवाप्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ, एकै ठाउँमा लहरै ९–१० वटा क्युआर राख्दा अनावश्यक लागत बढ्छ, आखिर सबैले एउटै काम गर्ने हुन् र जुनको जुनमा चलाए पनि मिल्छ । त्यसैले अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ ।’ मास्केका अनुसार एउटै क्यूआर पेमेन्टबाट सबै क्यूआर पेमेन्ट हुने सिष्टमकै लागि एससिटि लागीपरेको छ ।
भुक्तानी सेवा अपरेटर (पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेका एससिटिले विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, वित्त कम्पनी तथा पीएसपी (भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ ।
एससीटीले आफ्नो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकहरु चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ । स्मार्ट क्यूआर एउटा एकीकृत र इन्टर अप्रेभल (अन्तर संस्था कारोबार) क्यूआर पेमेन्ट प्लेटफर्म हो । यसमा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । जसले छोटो समयमा क्यूआर पेमेन्ट र मर्चेन्ट नेटवर्क खडा गरी डिजिटल पेमेण्ट सञ्जाल बनाउन सफल भएको छ ।

क्यूआर कोड के हो कसरी प्रयोग गर्ने ?
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ । जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।
क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।
तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । रकम भुक्तानीमा रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ । सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा अनिवार्य आवश्यकता बनिसकेको छ । क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ । दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।