
जनक राज पन्त
मानवीय चेतना बढेसँगै मानिसहरुको प्रगतिका कारण संसारमा धेरै प्रगती भएका छन् । विश्वमा अनेकौं नविनतम विकास र वैज्ञानिकताले संसार साह्रै रमाइलो र सहज भएको छ । वर्गीय र आर्थिकरुपले समाजमा ठूलो खाडल छ । समानता र न्याय सबैका सरोकारका विषय हुन । तर, अहिले विश्व गम्भीर संकट र चुनौतीहरुसँग युद्ध गर्दै समग्र विश्वमा मानव जातिको अस्तित्व जोगाउन विश्वका मानिसहरु क्रियाशील भएर लागिरहेको छन् । मान्छेहरुको जीवन भोगाई चुनौतीहरुसँगै पैठाजोरी खेल्दै अरुभन्दा भिन्न र फरक हुने धनी र सम्पन्न हुने चाहना आज देखिएको विश्वव्यापी महामारीले एक–पटक ब्रेक लगाएर रोक्न बाध्य भएको छ ।
कोरोना अहिले समाजका हरेक वर्ग, समुदाय र जातजातिहरुलाई नराम्रोसँग प्रभावित बनाएको छ । तपाई हाम्रा सबैका प्यारा मान्छेहरुलाई मसान घाटसम्म पु¥याउँदै गरेका तस्बिरहरुले सबैको मनमा नराम्रो लागिरहेको छ । सबै धुँरु धुँरु रोइरहेका छन् । मरपर्नेहरुले मर्नु अगाडि जीवनमा देखेका सबै सपनाहरु पूरा गनै नसकी हामीबाट टाढा भए र बीच बाटोबाटै अस्ताए जसरी घाम अस्ताउँछ । जिउनेहरुमा पनि सपना कति छन् कति ? खै ती पूरा हुन्छन् हुँदैनन् भगवान्लाई छोडौं ।
राजनीतिको फोहरी खेलमा डुब्ने पापी मनहरुले सत्ता र स्वार्थको कति सपना मनभरी बुनेका होलान् ? सच्चा मनकारी राजनीतिज्ञहरु यतिबेला आफ्ना प्यारा मतदाताहरुको जीवन रक्षा तथा गाँस, वासका निम्ति गाउँ–घरतिर खटिएका छन् । उधोग धन्दामा कालो धन्दा गरी जनतालाई मार्ने शोषक उधोगी करोडौँ अरवाँै कमाउने दाउको सपना बुन्दै योजना वनाउदै होलान् । राष्ट्रप्रेमी उधोगी दाजुभाई दिदी बहिनी आजभोलि गाँुस नपुगेका रोगी विरामी तथा राष्ट्र संकटमा हुँदा आफुले बुझाउनु पर्ने सम्पूर्ण कर सरकारलाई बुझाउँदै राज्यमा जिम्मेवार र मनकारी भई दान र सहयोग गर्न सरकारको खोजीमा होलान् । व्यापारीको पनि कति सपना होलान् ? कतिले गोदामै खाली गरी गरिब वस्तीसम्म खाद्य संकट हटाउँदै पारदर्शी र जिम्मेवार भूमिका राज्यको नीतिभित्र रही आफ्नो काम गरेका होलान् । काला व्यापारीहरु मास्क र सेनिटाइजरबाट अरवौँ कमाई महल ठड्याउने दाउमै होलान् ।
स्वास्थ्य सेवामा तलिन अविचलीत भगवान्हरु आफ्नो ज्यान जोखिममा राख्दै विरामीको लागि प्राण दाता भएर मिठा–मिठा सपनामा विरामीसँगै रमाएका छन् भने स्वास्थ्य क्षेत्र र सेवा नबुझेका स्वास्थ्य क्षेत्रका माफियाहरु सिटामोल र डिकोल्ड लुकाएर करौडौँ कुम्ल्याउने र धनी बन्ने सपना देखिरहेका होलान् । कालावजारी र ठगी धन्दामा संसारका सवैभन्दा अमूल्य कुरा मानवको जीवन हो । जीवन रहे हामीले हाम्रा सम्पूर्ण सपनाहरु पछ्याउँछौँ केही पूरा होला भने केही वाटोमै हराउलान् । मान्छे आफ्नो कर्म, पेशा, योग्यता र क्षमताका साथै देखासिखी, लोभ, आवेग, लहलहै आदिमा लागेका हुन्छन् । सपना देख्नु राम्रो कुरा हो । मान्छे सपनाको लाईनलाई टेक्दै अघि बढेको हुन्छ, जन्म र मृत्यु निश्यत छ । सच्चा कर्मले सेवा गरी सपनाहरु पूरा गर्नु मानवीय धर्म हो । आज विश्वमा देखा परेको कोभिटको महासंकटमा विद्यार्थीले पढ्ने र ठूलो मान्छे बन्ने सपनामा बे्रक लागेको छ ।
शिक्षकले आफ्ना नानीबाबुलाई बाँड्ने ज्ञानमा र सपनामा बाधा आएको छ । निःस्वार्थ भावले राष्ट्रको सेवामा खटिनेका सपनाहरु कति बाँकी छन् । कति किसान र मजदुरका भविष्यका सपनाहरु आजभोली सायद हराउँदै गएका छन् होला, उनीहरु भन्दै छन् होला हे भगवान् महल र दुई छाक खान वरु नपुगोस् एकै छाक खाउँला मलाई यो रोग र संकटबाट टाढा राख । आर्थिक क्षेत्रमा कोभिटले गम्भीर क्षति पु¥याउँदै गएको बेला बैंक तथा वित्तीय क्षेत्रमा रमाउनेहरुले पनि कसैको घर बाँस नउठोस् विरामी र रोगले नछोएसम्म किस्ता र व्याजको चिन्ताले यो संकटमा डिप्रेसन र आत्मा ग्ल्यानी नहोस् । बैंकका नाफाका सिँढीहरु जनता जोगिएछन् र आर्थिक वातावरण सामान्य भएपछि रङ्गग्याउँला हालको यो संकटमा जनतालाई राहत हुने र सरकारलाई टेवा पुयाउने र हामीले कमाएका नाफाका हिस्सा कोविटमा जोगिन सपना देखिरहेका हरुमा खर्च गर्न नियमनकारी निकाय को अग्रसरता हुदां यसमा खटिएको हजारौ उर्जावान्, लगनशीलहरुको पुण्य कमाउने सपना साकार हुनेछ ।
संसारका अधिकांश देश कोविटले थलापरिरहेका सन्र्दभमा विश्वका धनी र सम्पन्न राष्ट्रहरुले आर्थिक र प्राविधिक रुपमा निस्वार्थ भावले कमजोर र पिडा मा छट्पटाइ रहेका राष्ट्रहरुमा मानव जातिको अस्तित्व वचाउनु लाग्नु पर्दछ । यसले मात्र सवैको भलो हुनेछ । विश्वको एक साझा समस्यको रुपमा कोविटलाई बुझी यसमा विश्वमन्चका संघसस्थाहरु एकजुट हुन आवश्यक छ । हुनेले नहुनेलाई सक्दौ सहयोग गरौ । चाहे आर्थिक,सामाजिक रुपमा, मानवीय रुपमा अथवा जागरणको रुपमा यसले गर्दा स्वसंक्षमता पैदाभई रोग र संकटको निवारणमा सहजता हुनेछ ।
कोभिटलाई विभेदीकारी सोच आलोचना तथा सामाजिक सञ्जालको हल्ला वा प्रचारको विषय नबनाई सुरक्षितरुपमा सावधानी तथा जिम्मेवाररुपमा सबैले आ–आफ्नो ठाउँबाट योग्दान दिउ एकदिन कालो बादल हटेर उज्यालो प्रकाश सबैतिर लागी विश्व खुसीले नांच्ने छ सवैले खुसीयाली बनाउने छौँ घरघरमा बिजयउत्सव मानव जातीको अस्तित्व संरक्षण भइ कोविट परास्त भएको हुनेछ ।
(बेदकोट ‐०९ कञ्चनपुर pantjyoti58@gmail.com)