
बैंकिङ खबर/ डिजिटलाईजेशनमा अध्ययन र अनुसन्धानले नयाँ नयाँ विधिहरु पहिल्याउँदै आएको छ । यही नयाँ विधि अन्तरगत अहिले सबैभन्दा बढी चलनचल्तीमा रहेको डिजिटलाइजेशन भनेको भुक्तानी सेवा र कारोबार हो । यी सबै कारोबार बारफोनबाटै गर्न मिल्छ भन्दा केहीबेर अपत्यारीलो लाग्न सक्छ । हामीलाई लाग्छ स्मार्ट फोन विना डिजिटल सेवा अबरुद्ध छ । तर यस प्रकृयाबाट पुरै डिजिटल कारोबार सामान्य बारफोनबाटै भइरहेको छ । यो टेक्नोलोजी भित्राउने काम गरेको छ प्रभु पेले । यही प्रकृयाबाट बारफोनबाटै डिजिटल कारोबार गर्नेहरु प्रसस्तै भइसकेका छन् । मोवाइल रिचार्ज गर्न, अरुलाई पैसा पठाउन, विजुलीको विल तिर्न, डीसहोम तथा अन्य रकम भुक्तानी गर्नका लागि यसबाट सजिलो भएको प्रयोगकर्ताहरु बताउँछन् । उनीहरु भन्छन् ‘यसको प्रयोग गर्न निकै सजिलो पनि छ ।’
यसअन्तर्गत स्मार्ट फोन नभई सामान्य मोबाइल फोन भएका ग्राहकले मोबाइल वालेट प्रयोग गर्न सकिनेछ । उक्त सेवा युएसएसडीमार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, टेलिभिजन बिल भुक्तानी तथा इन्टरनेटलगायतका बिल भुक्तानी घरमा बसीबसी गर्न सकिनेछ ।
यसबाट रेमिट्यान्स भुक्तानीको सुविधासमेत प्रयोग गर्न सकिनेछ । विशेष गरी स्मार्ट फोन नहुने विपन्न वर्गले आफ्नो सामान्य मोबाइल ‘बारफोन’बाट यो सेवा सञ्चालन गरेका छन् । कोरोना महामारीका बीचमा पनि मोबाइल वालेटबाटै सम्पूर्ण बैंकिङ कार्यहरू भइरहेको अवस्थामा बारफोन प्रयोगकर्तालाई पनि सुविधा दिने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
के भन्छन् प्रयोगकर्ता ?

‘निषेधाज्ञामा धेरै सहज भएको छ’
सुनसरी घर भएका विजय कुमार चौधरी यतिबेला आफ्नो साधारण मोबाइल फोनको सहायताले प्रभु पे बाटै मोबाइलको रिचार्ज, विजुलीको विल भुक्तानी गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिले मैले साधारण मोबाइलबाटै प्रभु पे मार्फत रिचार्ज, विजुलीको विल भुक्तानी गर्दै आएको छु । आफुसँग स्मार्ट फोन नभएपनि सहज भएको छ । घरमा बसिबसी रिचार्ज गर्न पाएको छु । घरमा व्यस्त भएको बेलामा बाहिर जानुपर्दैन । अझ अहिले कोरोना भाइरसको कारण निषेधाज्ञा छ । यस्तो बेलामा बाहिर पसलमा रिचार्ज पाउँदैन् । घरबाट रिचार्ज गर्न पाएको छु ।’
चौधरी मोबाइलमा आफ्नो रिचार्ज मात्र होइन आफ्ना साथीहरुलाई व्यालेन्स ट्रान्सफर पनि यहि पे बाट गर्दै आएको बताउनुहुन्छ । डिसहोमको रिचार्ज पनि उहाँले यसैबाट गर्दै आउनुभएको छ ।
चौधरी थप्नुहुन्छ, ‘प्रभु पे एप डाउन लोड गरे । आफुले यसैबाट पे गरेको हुन्छु । धेरै नै भयो । यसबाट रिचार्जका साथै डिस होमको रिचार्ज, नेटहरु पनि चलाएको छु । सबै प्रभु पेबाट नै गर्छु । शुरुमा अर्कैबाट गर्थे । त्यसपछि अहिले प्रभुबाट गरेको छु । सहज भएको छ । राम्रो छ ।’ उहाँ मात्र होइन् उहाँका धेरै साथीहरुले पनि यहि प्रभु पे कै प्रयोग गर्दै आउनुभएको छ ।
‘मैले खोजेको जस्तै पाएको छु’

पर्साका हरिशंकर चौधरीले आफ्नो साधारण मोबाइलबाटै प्रभु पे डाउनलोड गरी रिचार्जदेखि सम्पूर्ण काम गर्दै आउनुभएको छ । चौधरी भन्नुहन्छ, ‘प्रभु पे ले धरै सहज भएको छ । नेट नभएको बेलामा पनि पैसा ट्रान्सफर गर्न मिलेको छ । राम्रो छ । आफ्नो घरको विजुलीको विल यसैबाट तिरिरहेको छु । कहिलेकाहि छिमेकीको घरको विजुलीको विल समेत यसैबाट तिरिरहेको छु । डिसहोमको रिचार्ज, प्रभु टिभिको रिचार्ज तिर्न यसबाट सहज भएको छ ।’
विशेष गरी नेटको लागि र मोबाइलको रिचार्जका लागि प्रयोग गर्दै आएको चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले जस्तो सुविधा खोजेको थिए, प्रभु प्रे बाट त्यस्तै सुविधा पाएको छु ।’
‘रिचार्जको लागि सहज भएको छ’

सप्तरीका विजयकुमार यादवले प्रभु पे लामो समयदेखि प्रयोग गर्दै आउनुभएको छ । प्रभु पे भएसँगै रिचार्जदेखि विजुलीको विल भुक्तानी गर्नसम्म सहज भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रयोग गर्छु । दुई हजार जतिको ट्रान्जेसक्सनको प्रयोग गरेको छु । एप पनि रामै हो । प्रभु टिभिमा पाँच प्रतिशत आउँछ । छिमेकीमा टिभिको रिचार्ज पनि मैले नै गरिदिएको छु ।’ उहाँ प्रभु पे कम्पनीलाई केहि सुझाव पनि दिँदै भन्नुहुन्छ, ‘मोबाइल रिचार्जको प्रतिशत बढे राम्रो हुन्थ्यो । नेटमा पनि प्रतिशत बढे राम्रो हुन्थ्यो ।
राम्रो फिटब्याक आएको छः विक्की शाही
कम्पनीका याक्टिङ सीईओ विक्की शाही स्मार्टफोन नबोक्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवाको सुरुवात गरिएको बताउनुहुन्छ । प्रभु पेको यो योजना सान्दर्भिक रहेको उहाँको भनाइ छ। नेपालका ग्रामीण भेगमा बारफोन बोक्नेको संख्या ठूलो छ । सबै ठाउँमा इन्टरनेट पुगेको छैन । त्यस्तो ठाउँमा प्रभु पे सहज छ । वालेट भन्ने वित्तिकै स्मार्ट फोन चाहिन्छ भन्ने सोच छ । तर प्रभु पे को माध्यमबाट नर्मल बार फोनबाट पनि काम गर्न सकियो । गाउँघरतिर ल्याण्डलाइनको फोन हुन्छ । विजुलीको पैसा यसबाट सजिलै तिर्न सकिन्छ । यसमा ल्याण्ड लाइन भयो, प्रभु टिभि भयो, डिसहोम, स्काइकेवल भयो, एडिएसएल र सुविसु सबैको रिचार्ज यसैबाट गर्न सकिन्छ । रेमिट्यान्स रिसिभ पनि अहिले बार फोनको माध्यमबाट प्रभु पे बाट गर्न सकिन्छ । अहिले करिव एक हजार जनाले डाउनलोड गर्नुभएको छ । यसबाट दश रुपैयाँ पनि ट्रान्सफर गर्न सक्छन्, नतिजा राम्रो भएकोले अरु पनि प्रयोगकर्ताहरु बढीरहेका छन् । अहिले पनि नेपालमा लगभव ६० प्रतिशतले बारफोन अर्थात् टिकटिके फोन प्रयोग गरिरहेका छन् । उनीहरुका लागि यो सेवा सहज छ । यस्तो अवस्थामा बारफोन प्रयोगकर्तालाई पछिल्लो समय विकास भइरहेको डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ प्रभु पेले ‘बारफोन प्रयोगकर्तालाई डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको हो ।
प्रयोग गर्ने तरीका
NCELL सिम भएका साधारण फोन प्रयोगकर्ताले RG सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर (जसलाइ mpin भनिन्छ) लेखि 31041 मा sms गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको ncell नम्बर प्रभु–पेमा रजिष्र्टण्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin# थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्नुहुनेछ ।





