Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘नेपालका आधुनिक मुद्राहरुः एक समीक्षा’ विमोचन

२०७८ बैशाख २३ गते

बैंकिङ खबर । नेपालका आधुनिक मुद्राहरुः एक समीक्षा नामक पुस्तकको विमोचन गरिएको छ ।
नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाद्वारा लिखित उक्त पुस्तक राष्ट्र बैंकको ६६ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तकमा नेपालरको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक संग्रहणीय भएको गभर्नर अधिकारीले बताउनुभयो ।
पुस्तकमा लिच्छवीकालीन मुद्रादेखि हालसम्मका मुद्राहरूका बारेमा व्याख्या गरिएको पुस्तकका लेखक खतिवडाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘बस्तु विनिमय प्रथादेखि हालसम्मको मुद्राको बारेमा चित्रसहित उल्लेख गरिएको छ ।’
तीन खण्डमा विभाजित पुस्तकमा पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ । छिल्लवीकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रम मात्रै होइन, सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाली मुद्राको प्रचलनमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे समेत प्रकाश पारिएको छ । मुद्रा निष्कासनको प्रक्रियाबारे पनि यहाँ उल्लेख गरिएको छ । यही खण्डमा हालसम्म निष्कासन भएका कागजी नोटहरूको सचित्र विवरण पनि छ ।

पुस्तकको दोस्रो खण्डमा नेपालका विभिन्न कालमा निष्कासित भएका संस्मरणात्मक सिक्काहरूबारे विस्तृतमा उल्लेख छ । तेस्रो खण्डका प्राविधिक विवरणबारे चर्चा गरिएको छ । पुस्तकमा हाल जीवित रहेका नेपाल राष्ट्र बैंकका गभर्नरहरूको संस्मरण पनि समेटिएको छ । २९० पृष्ठ लामो पुस्तकको प्रकाशन भगवती खतिवडाले गरेकी गर्नुभएको हो ।

Ad