
बैंकिङ खबर/पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी मार्केट)को लाइसेन्स दिनको लागि निर्देशिका जारी गरेको छ ।
बोर्डले जारी गरेको निर्देशिकामा कमोडिटी मार्केट संचालन गर्नको लागि चुक्ता न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने भनिएको छ ।
न्यूनतम चुक्ता पुँजी एक अर्ब रुपैयाँ भएको कम्पनीले गर्ने काम तथा न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ भएको कम्पनीले गर्न पाउने कामको सीमा बोर्डले तोकेको छ । न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको कम्पनीले भने बस्तु विनिमय बजार (कमोडिटी मार्केट) सम्बन्धी नियमावलीमा तोकिएका सबै बस्तुहरुको कारोबार गर्न पाउने छ ।
कर्मोटिडी बजार संचालन गर्नको लागि एउटा संचालक समिति हुनुपर्ने र एक जना प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।