Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्रोकर थप्ने प्रक्रिया रोकियो

२०७८ बैशाख १७ गते


बैंकिङ खबर/धितोपत्र बोर्डबाट ब्रोकर थप्ने प्रक्रिया रोकिएको छ । बोर्डले पछिल्लो समय बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन अघि बढाइएको प्रक्रिया रोकेको हो । बोर्डले निश्चित समूहको लगानीमा खुल्नेगरि प्रदेश स्तरमा ब्रोकर लाइसेन्स बाँड्न लागेको छ । जसका कारण नागरिकको शेयर र निक्षेप लगानी भएका बैँकहरु निराश हुन पुगेका छन् ।
करिब अढाई वर्षअघि सरकारले मुद्रा तथा पुँजीबजारमा देखिएका समस्या समाधान गर्न गठित समितिले बैंकलाई तत्कालै ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो । समिति गठनताका बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने सेयरबजारका ठूला लगानीकर्ता केही अहिले बैंकका सञ्चालक भएका र केहीले साविक ब्रोकरमै लगानी गरेकाले उनीहरु नयाँ लाइसेन्स लिन लबिंग गरिरहेका छन् । बैंकलाई ब्रोकर लाइसेन्स दिनेबारे अर्थ मन्त्रालयले समेत चासो देखाएको छैन ।

Ad