
बैंकिङ खबर/ एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । कोरोना भाइरसको असहज परिस्थितीमा ग्राहकहरुलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।
बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहक महानुभावहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल-इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आइ सर्भिस) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नुहुनेछ ।
उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहक महानुभावहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्नुहुनेछ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्नुहुनेछ ।