बैंकिङ खबर / काठमाडौं उपत्यकासहित निषेधाज्ञा जारी भएका जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन् । राष्ट्र बैंक र बैंकरबीच भएको छलफलपछि हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएको छ । केही दिन हेरेपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई आधार मानेर आवश्यक निर्णय लिइने जनाइएको छ । सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित देशभरका दर्जन बढी जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ। बैंकका सबै एटीएम सञ्चालन हुने छन्। शाखा पनि सबै खुल्ने छन्।