बैंकिङ खबर/ निषेधाज्ञामा बैंक वित्तका कर्मचारीले आफ्नै कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा हिडडुल गर्न पाउने भएका छन् । बुधबारदेखि सुरु हुने निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नै परिचयपत्रका आधारमा आवातजावत गर्न दिइने काठमाडौं जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक अत्यावश्यक सेवामा राखिएका कारण आफ्नै कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा हिडडुल गर्न दिइने भएको हो । अन्य अत्यावश्यक सेवाका लागि पनि आफ्नै परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ ।