Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भूकम्पपछिको पुनर्निर्माण : ८ लाख घरपरिवार बैंकिङ पहुँचमा

२०७८ बैशाख १० गते


बैंकिङ खबर/ नेपालमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणबाट ८ लाख घर बैंकिङ पहुँच पुगेको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ६ वर्षको अवधिमा पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा वृद्धि भएको हो । भूकम्पपछि पुर्नर्निमार्णमा भएको खर्च र कार्यप्रगति सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भने, ‘पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा बृद्धि भएको छ ।’
६ वर्षको अवधिमा पुनर्निर्माणमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भएको पनि जनाइएको छ ।

Ad