
बैंकिङ खबर/हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ। दुबै बैंकको मर्जर कमिटीको शुक्रबारको बैठकले आउने साता एमओयूमा हस्ताक्षर गर्ने विषयमा छलफल गरेको हाे ।
सम्भवत, यहि वैशाख १४ गते मंगलबार नै मर्जसम्बन्धी सम्झौता हुने जनाइएको छ। मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्बन्धी निर्णय पारित गर्नेछ। सम्भवत शनिबार हिमालयनको बोर्ड बैठक बस्ने जनाइएको छ।
स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने भएको छ। यसको अर्थ, दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्जपछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि डकुमेन्ट तयार भएको छ। मर्जपछिको हिमालयनइन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ।