Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय स्तरका विकास बैंक : कसको नाफा कति ?

२०७८ बैशाख ९ गते

बैंकिङ खबर/ राष्ट्रियस्तरका विकास बैंकहरुले ९ महिनाको अवधिमा ३ अर्ब बढी नाफा कमाएका छन् । हालसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंक संचालन रहेको ५ वटाले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा गरिमा विकास, ज्योति विकास, मुक्तिनाथ विकास, महालक्ष्मी विकास र कामना सेवा विकास बैंक रहेका छन् ।

वित्तीय विवरण प्रकाशित गरेका ५ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आवको चैत मसान्तससम्म ३ अर्ब २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको ९ महिनाका अवधिमा सबैभन्दा बढी नाफामा ग्रोथ मुक्तिनाथ विकास बैंक रहेको छ । गत आवको चैत मसान्तमा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ४८.७५ प्रतिशत अर्थात् ३२ करोड ९५ लाख रुपैयाँ थप भई १ अर्ब ५६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, गरिमा विकास बैंकले चालु आवको ९ महिनामा खुद नाफा ३६.६३ प्रतिशतले थप गरेको छ । गत आवको चैत मसान्तमा ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १८ करोड १८ लाख रुपैयाँले थप गरी ६७ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

ज्योति विकास बैंकले गत आवको चैत मसान्तसम्म ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ३८।१८ प्रतिशत अर्थात् १६ करोड ६५ लाख रुपैयाँले थप गरी ६० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, महालक्ष्मी विकास बैंकले गत आवको चैत मसान्तसम्म ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १.५७ प्रतिशत अर्थात् ६२ लाख ४० हजार रुपैयाँले थप गरी ४० करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, कामना सेवा विकास बैंकले गत आवको चैत मसान्तसम्म २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १ सय ७२.०१ प्रतिशत अर्थात् ३७ करोड ६ लाख रुपैयाँले थप गरी ५८ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।

 

Ad