
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अनलाईनबाटै बैंक सम्बन्धी गुनासो दर्ता गर्न सकिने पोर्टल सञ्चालनमा ल्याएको छ । उक्त पोर्टलबाटै गुनासो दर्ता, गुनासो दर्ता भएको जानकारी र दर्ता नं.इमेल मार्फत प्राप्त गर्न सकिनेछ । गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइनेछ ।
राष्ट्र बैंकले भनेको छ,‘ इजाजतपत्र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था-एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याइएको छ ।’