Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सर्वेक्षण प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

२०७८ बैशाख ८ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २०१८/१९’ सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ‘फरियन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडिआई) इन नेपाल २०१८/१९’ नाम दिएर गरिएको उक्त सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरेको हो । सर्वेक्षण प्रतिवेदनलाई ‘अ सर्भे रिपोर्ट अन फरियन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपाल २०१८/१९’ नाम दिइएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०१८/१९ को अन्तमा नेपालमा विदेशी प्रत्यक्ष निवेश (एफडिआई) घटेको देखाइएको छ । सो अवधिमा नेपालमा एफडिआई ८.८ प्रतिशतले घटेर १८२.९२ बिलियन (१ खर्ब, ८२ अर्ब, ९२ करोड) रहेको सर्वेक्षणले देखाएको छ ।

५३ फरक अर्थव्यवस्थाबाट भित्रियो एफडिआई, भारतको स्थान पहिलो
नेपालमा सन् २०१९ को मध्यसम्म (सोही आर्थिक वर्षको मात्र) ५३ विभिन्न अर्थव्यवस्थाबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । सो अवधिमा सबैभन्दा बढी एफडिआई भारतबाट भित्रिएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण प्रतिवेदनअनुसार भारतबाट ५६ अर्ब ५ करोड (५६.०५ बिलियन) रुपैयाँ भित्रिएको थियो । चीनबाट २७ अर्ब ५६ करोड एफडिआई भित्रिएको थियो, जुन दोस्रो ठूलो रकम हो । त्यसैगरी, सेन्ट किट्स एन्ड नेविसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष विदेशी लगानी भित्रिएको थियो ।

कुल एफडिआईको ५१.१ प्रतिशत सेवा क्षेत्रमा
सर्वेक्षण अवधिमा भित्रिएको एफडिआईको ५१.१ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । सेवा क्षेत्रअन्तर्गत वित्तीय मध्यस्थता र सञ्चार क्षेत्रको हिस्सा कुल एफडिआईको क्रमशः २७.४ प्रतिशत र १४.५ प्रतिशत थियो ।

औद्योगिक क्षेत्रमा ४८.८ प्रतिशत
सर्वेक्षण अवधिमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीको ४८.८ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा गरिएको थियो । सर्वेक्षण प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रअन्तर्गत कुल एफडिआईको २८.६ प्रतिशत म्यानुफ्याक्चरिङ, खनन (माइनिङ) र उत्खनन क्षेत्रमा लगानी भएको थियो भने ग्यास र जलसम्बन्धी क्षेत्रको हिस्सा २० प्रतिशत थियो ।

प्रतिवेदनको पूर्णपाठ

Ad