बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबारको लागि अभौतिकरण (डिम्याट) प्रक्रिया अगाडी बढाएको छ ।
केन्द्रीय बैंकले ऋणपत्र अभौतिकरण गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससिलाई समझदार पत्र (एमओयु) पठाइदिन आग्रह गरेको छ। केन्द्रीय बैंकको गत चैत १२ गते बसेको व्यवस्थापन समिति बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन समितिको गत चैत १९ गते बसेको बैठकले समेत एमओयुको लागि पत्राचार गर्न भनेपछि प्रक्रिया अघि बढेको हो। केन्द्रीय बैंकले ऋणपत्र अभौतिकरण प्रक्रिया अनुरूप सबै सरोकारवाला निकायलाई पत्राचार गरेको छ।