
बैंकिङ खबर/चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि आज घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ला रहेका छन् ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज नेपाल राष्ट्र बैंकको ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने जनाएको छ ।
आज ‘आरटिजिएस’ ‘एनसिएजएल’ र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि सार्वजनिक विदाको दिन शनिबार पनि‘आरटिजिएस’ ‘एनसिएजएल’ र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहेको थियो ।