
बैंकिङ खबर/काठमाडौं दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोजेकाे आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङ रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो । परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे। उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो।
प्रहरीले उक्त कोठाबाट विभिन्न सामग्रीहरू बरामद गरेको छ ।