
बैंकिङ खबर/ पछिल्लो एक महिनाको अवधिमा वाणिज्य बैंकमा १४ अर्ब रुपैयाँ निक्षेप थपिँएको छ । नेपाल बैंकर्स संघका अनुसार निक्षेप थपिँएसँगै गत फागुन २८ गतेदेखि चैत ६ गतेसम्म कर्जा प्रवाह २३ अर्ब रुपैयाँले बढेको छ ।
संघका अनुसार निक्षेप १४ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ४० अर्ब पुगेको छ । स्वदेशी मुद्रामा निक्षेप १५ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ । विदेशी मुद्रामा हुने निक्षेप १ अर्ब रुपैयाँले घटेर १ खर्ब ८ अर्ब पुगेको छ ।
कर्जा प्रवाह २३ अर्बले बढेर ३४ खर्ब ३५ अर्ब पुगेको छ । जसमध्ये स्वदेशी मुद्राको कर्जा प्रवाह २२ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ४ अर्ब पुगेको छ भने विदेशी मुद्रामा हुने कर्जा प्रवाह १ अर्बले बढेर १ खर्ब ३१ अर्ब पुगेको छ ।
कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको छ ।