Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चौध महिनाको कार्यकालमा आफ्नो दायित्व निर्वाह गर्ने प्रयास गरेँ : प्रवक्ता भट्ट

२०७७ चैत्र १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आफ्नो चौध महिनाको कार्यकालमा सूचना प्रवाहलाई सार्वजनिक सम्पत्तीको रुपमा लिँदै आफ्नो दायित्व निर्वाह गर्ने प्रयास गरेकाे बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘विगत चौध महिना जति यहाँहरुसँग प्रत्यक्ष एवम परोक्ष रुपमा सम्पर्कमा रहन पाउँदा गौरवान्वित महशुश गरेको छु । कोभिड संक्रमणका कारण आवागमन नियन्त्रित रहेको समयमा मूलतः भर्चुअल माध्यमबाट यहाँहरुसंग भएको सम्वाद, अन्तरक्रिया एवम् विचार आदानप्रदान स्मरणीय छ ।’
असहज अवस्थामा देखाएको धैर्यता र प्रदान गरेको सहयोगका लागि उहाँले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
आजदेखि प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक देवकुमार ढकालले सम्हानुहुनेछ । उहाँ राष्ट्र बैंक नियमन विभागका प्रमुख हुनुहुन्छ ।  प्रवक्ता रहनु भएका डा. भट्ट बैंक सुपरिवेक्षणमा जानुहुनेछ ।

Ad