बैंकिङ खबर/ सरकारले विलासी गाडीको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । एक वर्षअघि ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडीको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको हो ।
विदेशी मुद्राको खर्च रोक्ने उद्देश्यले १६ चैत ०७६ मा सरकारले मूल्यसीमा तोकेर विलासी गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो निर्णय लिएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार (९ चैत) राजपत्रमा सूचना प्रकाशित गरेर आयात प्रतिबन्ध हटाएको हो ।
सरकारले मरिच, केराउ, छोकडा र सुपारीको आयातमा समेत प्रतिबन्ध हटाएको छ । उल्लेखित वस्तुको आयात गर्ने वार्षिक कोटा निर्धारण गर्दै गत वर्ष नै लगाइएको आयात प्रतिबन्ध फुकुवा गरिएको हो । निर्धारित आयात सीमाअनुसार एक वर्षमा केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच मरिच १५ हजार मेट्रिकटन मात्र आयात गर्न पाइने भएको छ ।