Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौरिसस्थित एम एण्ड एम रेमिटसँग कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

२०७७ चैत्र ९ गते

 


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मौरिससस्थ्ति एम एण्ड एम रेमिटसँगको सहकार्यमा विप्रेषण कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस बैंकबाट इजाजतप्रापत्र बैंक तथा वित्तीय संस्थाहरु एवं इजाजातप्राप्त विप्रेषणको कारोबार गर्ने विप्रेषकहरुले मौरिससस्थित एम एण्ड एम रेमिटसँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेका भए उक्त रेमिटसँग कुनै पनि कारोवार नगर्न÷नगराउन विदेशी विनिमय(नियमित गर्ने)ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ । तर यस व्यवस्थाले उक्त रेमिटसँग कुनै लिनुपर्ने रकम भए त्यस्तो रकम अनुल उपर गर्न कुनै बाधा पु¥याएको मानिने छैन् ।’

 

Ad