बैंकिङ खबर । निकट भविष्यमै प्राथमिक बजारमा १३ कम्पनीका करिब ४ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन हुँदै छ । यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी २ वटा छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आइपिओ जारी गर्न आवश्यक तयारी गरिरहेको छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गर्न निवेदन दिएको छ । त्यसैगरी, समूह यकिन भइनसकेको डिस मेडिया नेटवर्क लिमिटेड २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपिओ निष्कासनको तयारीमा छ । बाँकी १० कम्पनी भने जलविद्युत् (हाइड्रोपावर) समूहका छन् ।
हाइड्रोपावरअन्तर्गत साहस ऊर्जा लिमिटेडको १ करोड ५ लाख, सामलिङ पावर कम्पनी लिमिटेडको १२ लाख ३० हजार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को १२ लाख, सयपत्री हाइड्रपावर लिमिटेडको ९० लाख, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपिओ आउने प्रक्रियामा छन् । त्यसैगरी, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ लाख ३६ हजार २ सय ८६, मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड १ करोड ५० लाख, ङ्यादी हाइड्रोपावर लिमिटेड ४० लाख ५० हजार, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख १८ हजार २ सय ३० र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता आइपिओ निष्कासनको प्रतीक्षामा छन् ।
कुन कम्पनीको कति कित्ता आउँदै छ आइपिओ ?
१. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड – ३,८९,००० कित्ता
२. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड – १९,७७,३०० कित्ता
३. डिस मेडिया नेटवर्क लिमिटेड – २३,८५,९२९ कित्ता
४. साहस ऊर्जा लिमिटेड – १,०५,००,००० कित्ता
५. सामलिङ पावर कम्पनी लिमिटेड – १२,३०,००० कित्ता
६. बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड – १२,००,०००
७. सयपत्री हाइड्रपावर लिमिटेड – ९०,००,००० कित्ता
८. हिमालयन हाइड्रोपावर लिमिटेड – २२,५०,०००
९. मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड – ७,३६,२८६ कित्ता
१०. मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड – १,५०,००,००० कित्ता
११. ङ्यादी हाइड्रोपावर लिमिटेड – ४०,५०,००० कित्ता
१२. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड – २५,१८,२३० कित्ता
१३. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड – २५,००,००० कित्ता