Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ कसुरमा झन्डै २ करोड जरिवाना सुनाइएका ढुंगाना पक्राउ

२०७७ चैत्र ४ गते


बैंकिङ खबर । बैंकिङ कसुर मुद्दामा एक करोड ८५ लाख रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।
उर्मिला कँडेलको जाहेरीले बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले गत माघ ५ गते ढुंगानाविरुद्ध उक्त जरिवानासँगै एक महिना कैदको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार भएका ढुंगानालाई धुम्बाराहीबाट पक्राउ गरेको हो।
ढुंगानाले आफ्नो खातामा पर्याप्त रकम नभएको प्रभु बैंकको चेक उर्मिलालाई दिएका सिआइबीले जनाएको छ ।

Ad