Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पैसा विनाको चेक काट्ने अभियुक्त श्रेष्ठ पक्राउ, बैंकिङ कसुरमा कार्बाही हुने

२०७७ चैत्र २ गते

बैंकिङ खबर/  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका फरार अपराधी विजयकुमार श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने श्रेष्ठलाई प्रहरीले काभ्रेस्थलीबाट प्रक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठले १५ असार ०७७ मा खातामा पर्याप्त पैसा नभएको अवस्थामा झुक्याएर चेक दिएका थिए । कुमारी बैंकको गंगबु शाखामा रहेको उनको खातामा उनले चेकमा उल्लेख गरेजति पैसा थिएन । उनले जानी जानी फेक चेक दिएपछि पीडित सविता वैद्यले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उच्च अदालत पाटनले २ मंसिरमा श्रेष्ठलाई बैंकिङ कसुरको दोषी ठहर्‍याई ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना सजायँ सुनाएको थियो । प्रहरीले सोमबार नै फैसला कार्यान्वयनका लागि पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको जानकारी प्रहरीले दिएको छ 

Ad