Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुल्य घटेपछि सुनको माग बढ्यो : दैनिक १० किलो आयात, २० किलो माग !

२०७७ फाल्गुन ११ गते

बैंकिङ खबर । नेपाली बजारमा सुनको माग बढेको छ । सुनको मूल्य घटेका कारण माग बढेको हो । अहिले सुनको मुल्य ८९ हजार पाँचसय प्रति तोला रहेको छ । केही समयअघि सुनको मुल्य प्रतितोला १ लाख ३ हजारसम्म पुगेको थियो । हाल दैनिक करिव २० किलो सुनको माग भएको छ भने दैनिक झण्डै १० किलो सुन अभाव भएको सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । दैनिक १० किलो सुन मात्रै आयात हुने नियम छ । यसले गर्दा सुनको अभाव बढेको महासंघको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटेका कारण सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

Ad