बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अन्तरवार्ताका लागि कर्मचारीलाई उपस्थित हुन सूचना जारी गरेको छ । केन्द्रीय बैंकले बैंकमा रिक्त रहेको प्रशासन सेवा तर्फका लिखित परीक्षामा सम्मिलित उम्मेदवार मध्ये उतीर्ण भएका विज्ञापन नं. ११/२०७६ र १२/२०७६ का उम्मेदवारहरुको अन्तरवार्ता कार्यक्रम हुने भएकाले उतिर्ण भएका आवेदकहरुलाई नेपाली नागरिकता र सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरुको सक्कलै प्रति लिई उपस्थित हुन सूचना जारी गरेको हो ।