बैंकिङ खबर । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो । जसअनुरुप यस वर्षमा बजेटको ९१.१९ प्रतिशत खर्च हुने प्रक्षेपण गरीएको छ । त्यसमध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैंया खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।
यस वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट रहेको थियो, त्यसमध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैंया खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । जसमध्ये चालूतर्फ ९६.४० प्रतिशत, पूँजीगततर्फ ८०.२० प्रतिशत एवं वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत खर्च हुनेछ ।