बैंकिङ खबर । अन्तर–बैंक कारोबार १०१ अर्ब ६० करोड रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा वाणिज्य बैंकहरुको रु.१८९ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) कोरु.१०१ अर्ब ६० करोड गरी कुल रु.२९० अर्ब ७८ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.९२६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाहरुको रु.९१ अर्ब ४२ करोड गरी कुल रु.१०१७ अर्ब ९५ करोड अन्तर बैंक कारोबार भएको थियो ।