बैंकिङ खबर । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता तेजाबी सुनको मूल्य तोलाको ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एक यस रुपैयाँले वृद्धि भई आज १३ यस १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाई छ ।