बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्न लागेको सूचना मार्फत जानकारी दिएको हो । केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ५ अर्बको ट्रेजरी बिल गर्न लागेको हो ।
(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)
