बैंकिङ खबर । आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार कायम भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैँया कायम भएको छ । यस्तै, आज चाँदी प्रतितोला १३ सय २० कायम भएको महासंघले जनाएको छ ।