बैंकिङ खबर । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणम नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट हुने भएको छ । यसको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार विहान १० बजेपछि आईपीओ बाँडफाँट हुने छ ।
बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको हो । यसको आईपीओमा १४ लाख ७५ हजार आवेदन योग्य ठहर भएका छन् । १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको लागि आवेदन दिएका थिए । यो माग भन्दा २.३९ गुणा बढी हो ।