Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१० लाख रुपैयाँको बाउन्स चेकमा फरार व्यक्ति काठमाडौंमा पक्राउ

२०७७ माघ १२ गते

बैंकिङ खबर । १० लाख रुपैयाँको चेक दिने कृष्णलाल ढोलालाई प्रहरीले पक्राउ गरेको छ । सुभ कुमारी मगरको जाहेरीमा ढोला काठमाडौंमा पक्राउ परेका हुन्। चेक बाउन्स भएपछि दिइएको जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि नै ढोला विरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७६ मंसिर २३ गते १० लाख रुपैंया जरिवाना हुने ठहर गरेको थियो। अब उनी विरुद्ध बैंकिङ कसूर ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने छ। ढोला अदालतको आदेश विपरित फरार अबस्थामा थिए । उनलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको छ । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै ज्योति विकास बैंक ललितपुर शाखाको १० लाख रुपैयाँको चेक दिएका उनी फरार अबस्थामा थिए ।

Ad