बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि व्यबसायीलाई थप राहत दिने संकेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गर्ने क्रममा गभर्नर अधिकारीले व्यबसायीलाई धैर्यता अपनाउन आग्रह गरेका हुन् । मौद्रिक नीतिमार्फत घोषित राहत प्याकेज कार्यान्वयनमा समस्या आएको भन्दै उद्योगी व्यवसायीले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि उप ३ महिना म्याद सारीदिन माग गरेका हुन् । केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशन पालना नभएको भन्दै सो बारे ध्यानाकर्षण गरेका छन् । साँवाब्याज भुक्तानी गर्न दिइएको समयअवधि थप तीन महिना बढाएर आउँदो चैतसम्म पुर्याउन महासंघको आग्रह छ । बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको नीतिलाई अक्षरस कार्यान्वयन नगरेको भन्दै उद्यमी व्यवसायीले ध्यानाकर्षण गरेका छन् । व्यबसायीलाई बैंकवित्तले विभिन्न वहानामा कालोसूचीमा राख्ने, बारबार कर्जा असुलीमा धितो लिलाम गर्ने कोशिस गरीरहेको उद्योग वाणिज्य महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपाल राष्ट्र बैंक
‘केही बैंक/वित्तले राष्ट्र बैंकको सहुलीयत नीति कार्यान्वयन गरेनन्’
२०७७ माघ ६ गते