Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकले राष्ट्र बैंकको निर्देशन मानेन, ऋणीमाथि फेरि घर कव्जा गर्ने धम्की

२०७७ माघ ६ गते

बैंकिङ खबर । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनलाई पनि वास्ता नगरी घर जग्गा लिलामी अघि बढाउने र ऋणीलाई शास्ती दिने गरेको छ । एनआइसी एशिया बैंकले ऋणीलाई प्रताडित बनाएको विषयले राष्ट्रिय बहसको स्वरुप लिएपछि नेपाल राष्ट्र बैंकले पत्राचार गरेको थियो । पछिल्ला ेसमय सो बैंकले गरेको ग्राहकप्रतिको ज्यादतीका विषयलाई लिएर राष्ट्र बैंक, बैंकर्स संघ तथा विभिन्न संघसंस्थामा बहस भइरहेको छ । एनआइसी एशिया बैंकले चर्को जरीवाना लिएको, पुनरकर्जा नदिएको, राष्ट्र बैंकले उपलव्ध गराएको सुविधा समेत ग्राहकलाई नदिएको, ऋण तिर्न ढिला भएकाहरुलाई कालो सूचिमा हालीदिने धम्की दिएर बारबार पैसा मागेर तनाब दिएको लगायतका विषयमा राष्ट्र बैंक र बैंकर्स संघमा एनआइसी एशिया बैंक विरुद्ध विभिन्न उजुरीहरु परेका थिए । ती उजुरीहरु परेपछि एनआइसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले दुइसाता अघि निर्देशन पालना गर्न र ऋणीलाई अनावस्यक दुख नदिन तथा राष्ट्र बैंकले दिएका सहुलीयत पूर्ण रुपमा दिन पुन निर्देशन दिएको थियो । तथापी उक्त निर्देशन पछि पनि बैंकले कर्जा असुलीमा सास्ती दिएको घर कब्जा गर्ने धम्की दिएको पीडीतहरुले बताएका छन् ।

Ad