बैंकिङ खबर । आयकर विवरण बुझाउने म्याद चैत मसान्तसम्म थपिन सक्ने भएको छ । नेपाल उद्योग परिसंघले आयकर र कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको हो । कोभिडका कारण उद्योग व्यवसाय प्रभावित भएको भन्दै परिसंघले सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गर्दै म्याद थप गर्न अनुरोध गरेको हो ।