बैंकिङ खबर । यो शनिबार अर्थात पुष २५ गते पनि बैंक खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न निर्देशन दिएको हो । राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टर र नेपाल क्लियरिङ हाउस खुला गर्न सूचना जारी गरेर निर्देशन दिएको हो ।
