
बैंकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ४०० कायम रहेको छ । यता, आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।