क्रेमिका ब्रान्ड अन्तर्गत बिस्कुट बनाउने कम्पनी Mrs Bectors Food Specialities को आईपीओ लगानीकर्तामा हिट साबित भयो । कम्पनीको सार्वजनिक प्रस्ताव (आईपीओ) मा १९८ गुणा आवेदन प्राप्त भयो । कम्पनीको आईपीओ मंगलबार सदस्यताका लागि खुल्ला थियो र पहिलो केही घण्टामा नै कम्पनीको सार्वजनिक प्रस्तावले १०० प्रतिशतभन्दा बढी सदस्यता प्राप्त गरेको थियो ।
Mrs Bectors को आईपीओ यस वर्ष सबैभन्दा बढी हिट भयो । इस्युको अन्तिम दिन पनि लगानीकर्ताहरूले कम्पनीको सेयरका लागि आवेदन दिएका थिए ।
यती ठूलो कम्पनीका को-फाउंडर रजनी बेक्टर(Rajni Bector) को यहाँ सम्मको यात्रा कतिको प्रेरणादायी छ । कसरी उनले २०,००० रूपैयाँमा बिस्कुट बनाउन शुरू गरेर १,००० करोडको कम्पनी स्थापना गरीन त ?
पाकिस्तानबाट शुरु भयो रजनीको काहानी
रजनीको यात्रा पाकिस्तानबाट शुरू भयो । रजनीको अविभाजित कराचीमा जन्म भएको थियो तर भारत र पाकिस्तान विभाजनको क्रममा उनी आफ्नो परिवारको साथ दिल्लीमा आइन् । उनले १९७८ मा लुधियानामा २०,००० रुपैयाँको लगानीमा शुरू गरेको Mrs Bectors Food Specialities लाई १,००० करोडको कम्पनीमा परिणत गरीन् । रजनी बक्टरले आफ्नो बाल्यकाल लाहौरमा बिताइन्, जहाँ उनका बुबा सरकारी कर्मचारी थिए । भारत पाकिस्तान विभाजन पछि उनको परिवार दिल्लीमा बसाइँ सरे । १७ वर्षको उमेरमा, रजनीले लुधियानाका धरमवीर बक्टरसँग विवाह गरीन् र अध्ययन पुरा गरीन् । विवाह पछि, रजनीले आफ्नो पति र तीन छोराको जिम्मेवारी सम्हाल्थीन् ।
शोखबाट शुरु गरीन् व्यवसाय
रजनीलाई खाना पकाउने शोख थियो, त्यसैले उनले पंजाब एग्रीकल्चर यूनिवर्सिटी (Punjab Agricultural University) मा एक बैंकिङ कोर्समा भर्ना भइन् । यस समयमा उनले मानिसहरूलाई आइसक्रीम, केक र कुकिज ट्राइ गर्न आमन्त्रित गरीन् । जहाँ केहीले रजनीलाई आफ्नै व्यवसाय सुरु गर्न सल्लाह दिए । उनीहरुको सल्लाहमा उनले १९७८ मा २०,००० रुपैयाँको प्रारम्भिक लगानीमा बिस्कुट, कुकिज र केक बनाउन शुरू गरीन् । रजनी आज आफ्नो कडा परिश्रम र समर्पणको बलमा Mrs Bectors Food Specialities को प्रमुख बनेकी छिन् ।
उनको कम्पनीको बिस्कुट, ब्रेड र आइसक्रीम ६० भन्दा बढी देशहरुमा निर्यात हुन्छ, जसले उनको वार्षिक कारोबार १,००० करोडमा ल्याउँछ । रजनी बक्टरको कम्पनीले फास्ट फूड चेन मेक्सोनल्ड्स र बर्गर किंगलाई समेत ब्रेड आपूर्ति गर्दछ ।