
बैंकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ५ सय र तेजाबी सुनको मूल्य ९३ हजार ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।