
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ । रु. ३० अर्बको निक्षेप संकलन उपकरणको मिति २०७७ पुस ०२ गते (बिहिबार) बोलकबोल हुने केन्द्रीय बैकले सूचना मार्फत जानकारी गराएको छ । आजको दिनसम्म बैंकिङ क्षेत्रमा १०० अर्ब तरलता छ । नेपाल राष्ट्र बैंकले मंसीर ४ गते २१ अर्ब ८० करोड उठाएको निक्षेप संकलनको म्याद आज सकिदै छ, र आज ३० अर्ब उठाउन लागेको हो । त्यसैले पुरै ३० अर्ब निक्षेप संकलन राष्ट्र बैंकले उठाएमा तरलता ९ अर्ब हाराहारीमा मात्रै घट्ने देखिन्छ ।
१. (क) उपकरणकोनाम : निक्षेप संकलन ।
(ख) आव्हान रकम : रु. ३० अर्ब ( तीस अर्ब रुपैयाँमात्र) ।
(ग) बोलकबोल मिति : २०७७ पुस ०२ गतेअपरान्ह २ः०० बजेसम्म Online Bidding System Software मार्फत मात्र बोलकबोल हुने।
(घ) निष्कासन मिति : २०७७ पुस ०२ गते।
(ङ) ब्याजदर : बोलकबोलकोमाध्यमबाट निर्धारण हुने।
(च) साँवा तथा ब्याज भुक्तानी मिति : २०७७ माघ ०१ गते।
(छ) बोल गर्न सकिने रकम : घटीमा रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म ।
(ज) धितोसम्बन्धी व्यवस्था : यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने।
२. निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ ।
३. यो निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
४. निक्षेप संकलनकोबोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
५. निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
६. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
७. खुला बजार कारोबार संचालन समितिले Cut-off Rate निर्धारण गर्न सक्नेछ ।
८. आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।
९. सफल बोलवालाहरुको स्वीकृत रकम निष्कासन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।
१०. बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
११. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
१२. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratioमा गणना गर्न पाइनेछ ।
१३. संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन ।