Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु क्यापिटलको विन्टर अफरः डिम्याट खाता निःशुल्क

२०७७ मंसिर २९ गते

बैंकिङ खबर । प्रभु क्यापिटलले सित्तकैमा डिम्याट खाता खोल्ने अफर ल्याएको छ । विन्टर अफरको नाम दिइएको उक्त अफरमा मंसिर २४ गतेदेखि पुस मसान्तसम्म खाता खोल्ने ग्राहकले एक वर्षसम्म कुनै शूल्क तिर्नु नपर्ने क्यापिटलले जनाएको छ ।

जाडो मौसममा ग्राहकले घरै बसीबसी प्रभु क्यापिटलको अनलाइन https://onlinedemat.prabhucapital.com/DematFormमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । यस योजना अन्तर्गत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।