Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इन्फिनिटी लघुवित्तले गर्याे सेयरधनीलाई लाभांश घोषणा

२०७७ मंसिर २१ गते

 

बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको मूनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो । संस्थाको मंसिर १९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।