Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोभिडबाट अधिक प्रभावित व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने

२०७७ मंसिर १९ गते

बैंकिङ खबर । कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पुनरकर्जामा थप सहजीकरण गरिने व्यवस्था गरीएको उल्लेख छ । यस्तै केन्द्रीय बैंकवाट गरिएको कोभिड–१९ संक्रमणको असर परेका क्षेत्रको विद्यमान अति प्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित वर्गीकरणमा आवश्यकता अनुसार पुनरावलोकन गर्न अध्ययन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

Ad