Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ सहित)

२०७७ मंसिर १९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीले सिर्जना गरेको अनिश्चितताका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यलाई ध्यानमा राखी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति २०७७ साउन २ गते सार्वजनिक गरेको थियो । हाल संक्रमण न्यूनीकरणका लागि लागू गरिएका नियन्त्रणात्मक व्यवस्थालाई सहज गरिएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ । बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको छ । निक्षेप र कर्जाको ब्याजदरमा कमी आएको छ । वित्तीय पहुँच विस्तार हुनुका साथै विद्युतीय वित्तीय कारोवार वढ्दै गएको छ । मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ । शेयर बजार कारोबार र सूचकांक बृद्धि भएसँगै लगानीकर्तामा पनि उत्साह बढेको छ ।

Ad