बैंकिङ खबर । नेपाली बजारमा आज फेरी सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सयले बढेर ९२ हजार ६०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १ सय ५० कायम भएको छ । त्यस्तै, आज चाँदीको प्रतितोला १ हजार २ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।