बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ । रु. ५० अर्बको निक्षेप संकलन उपकरणको मिति २०७७ मंसिर १७ गते बोलकबोल हुने केन्द्रीय बैकले सूचना मार्फत जानकारी गराएको छ । आजको दिनसम्म बैंकिङ क्षेत्रमा १४५ अर्ब तरलता छ । ५० अर्ब निक्षेप संकलनपछि तरलता केही घट्ने देखिन्छ ।
१. (क) उपकरणको नाम : निक्षेप संकलन ।
(ख) आव्हान रकम : रु. ५० अर्ब ( पचास अर्ब रुपैयाँमात्र) ।
(ग) बोलकबोल मिति : २०७७ मंसिर १७ गतेअपरान्ह २ः०० बजेसम्म Online Bidding System Software मार्फत मात्र बोलकबोल हुने।
(घ) निष्कासन मिति : २०७७ मंसिर १७ गते।
(ङ) ब्याजदर : बोलकबोलकोमाध्यमबाट निर्धारण हुने।
(च) साँवा तथा ब्याज भुक्तानी मिति : २०७७ पुस १५ गते।
(छ) बोल गर्न सकिने रकम : घटीमा रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म ।
(ज) धितोसम्बन्धी व्यवस्था : यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने।
२. निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ ।
३. यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
४. निक्षेप संकलनकोबोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
५. निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो
प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
६. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
७. खुला बजार कारोबार संचालन समितिले Cut-off Rate निर्धारण गर्न सक्नेछ ।
८. आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार
कारोबार सञ्चालन समितिमा रहनेछ ।
९. सफल बोलवालाहरुकोस्वीकृत रकम निष्कासन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको
लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा
पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।
१०. बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा
त्यस्ता बोलवालाकोअर्नेष्ट मनि बापतकोरकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा
सहभागी हुन बन्देज लगाइनेछ ।
११. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको
यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
१२. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio dमा गणना गर्न पाइनेछ ।
१३. संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन ।