Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘निजी क्षेत्रसँग सहकार्य हुन्छ’

२०७७ मंसिर १६ गते

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीको टोलीसँग भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड—१९ का कारण सिर्जित प्रतिकूल वातावरणलाई छलेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। 

पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आफू तयार रहेको जानकारी दिए। नीति नियम निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरिने उनले बताए। नेपाल उद्योग परिसंघका पदाधिकारीले कोभिड—१९ ले सिर्जना गरेको समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएका थिए।  

Ad