Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

७५३ स्थानीय तहमध्ये ७४८ तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार

२०७७ मंसिर १० गते

बैंकिङ खबर । देशको कुल ७५३ स्थानीय तहमध्ये २०७७ असोजसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच स्थानीय तह बाहेक सबै ठाउँमा वाणिज्य बैंकका शाखा पुगेका छन् । केन्द्रीय बैंकका अनुसार २०७६ असोजसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ मा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन भने वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । यस्तै, कर्णालीमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेको छैन ।

Ad