
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट चलन चल्तीमा ल्याउने भएको छ । मंसिर १० गते नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ५ र १० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको जनाएको हो । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोटछाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो । नोट छपाईका लागि राष्ट्र बैंकले गरेको बोलपत्र आह्वान अनुसार सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन चाइना छनोट भएको थियो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १० रुपैयाँ दरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा र ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा छाप्ने सझौता गरेको थियो ।

